Logo

समाचार

राजस्व चुहावटको आरोपमा तीन करोड जरिवाना सुनाइएका फरार व्यक्ति पक्राउ



काठमाडौं। राजस्व चुहावट मुद्दामा तीन करोडभन्दा बढी जरिवाना सुनाइएका फरार प्रतिवादी प्रहरीले पक्राउ गरेको छ।

वीरगञ्ज ममहानगर ३१ का प्रविन्द साह गोढलाई बुधबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार गोढविरुद्ध पर्सा जिल्ला अदालतले राजस्व चुहावट मुद्दामा ६ महिना कैद र तीन करोड १२ लाख ६० हजार ८० रुपैयाँ जरिवानाको फैसला गरेको छ।

फैसलापछि उनी फरार रहेर विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार १९:२२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।