काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक १.७७ अंकले बढेर २,७३१ को विन्दुमा कायम भएको छ ।
आज १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ कम्पनीको मूल्य घटेको छ ।
आज ३ अर्ब ९ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ३० करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नबिल डिबेञ्चर २०८९ का इकाईधनीले कमाएका छन् । यसका इकाईधनीले ७.७१ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले १४.७९ प्रतिशतका दरले गुमाएका हुन् ।





















प्रतिक्रिया