Logo

प्रमुख समाचार

विदेश अध्ययनका नाममा ठगी गरेको आरोपमा एकैपटक ६९ कन्सल्टेन्सीका सञ्चालक पक्राउ



काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विदेश अध्ययनका नाममा ठगी गरेको आरोपमा एकैपटक ६९ वटा कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ।

उच्च शिक्षाका लागि विदेश पठाइदिने भन्दै ठगी गरेको उजुरीका आधारमा शुक्रबार प्रहरीले उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा छापा मारेको थियो।

यस क्रममा ९५ वटा कन्सल्टेन्सीमा खटिएको प्रहरी टोलीले ६९ वटा कन्सल्टेन्सीका सञ्चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार ती कन्सल्टेन्सीहरूले आवश्यक प्रक्रिया पूरा नगरी, दर्ता नवीकरण नगरी तथा इजाजतपत्रबिनै शैक्षिक परामर्श सेवा, भाषा शिक्षण र पूर्वतयारी कक्षा सञ्चालन गर्दै आएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार २१:११   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।