Logo

बीमा

नेपाल बीमा प्राधिकरणले मनायो ५८औँ वार्षिकोत्सव



काठमाडौं। नेपाल बीमा प्राधिकरणले आफ्नो ५८औँ वार्षिकोत्सव कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरी मनाएको छ।

कार्यक्रममा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेल ले बीमा क्षेत्रको विकास र पहुँच विस्तारका लागि नीतिगत सुधार, बीमितको हित संरक्षण, समयमै दाबी भुक्तानी तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्।

उनले प्राधिकरणले आगामी दिनमा नीतिगत कमजोरी सुधार गर्दै बीमितको हित संरक्षण, बीमक संस्थाको सुदृढीकरण, जोखिममा आधारित निरीक्षण, सुशासन प्रवर्द्धन तथा डिजिटल रूपान्तरणलाई प्राथमिकताका साथ अघि बढाउने जानकारी दिइन्।

बीमा क्षेत्रको विकासमा बीमित, बीमक तथा सम्बन्धित निकायबीचको सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले सबै पक्षको सुझावका आधारमा प्राधिकरण नयाँ ढंगले अघि बढ्ने बताइन्।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी ले बीमा क्षेत्रलाई थप समावेशी, डिजिटल र जोखिम सचेत बनाउने दिशामा प्राधिकरण प्रतिबद्ध रहेको बताए।

उनले नियमन र निरीक्षणलाई प्रभावकारी बनाउँदै सुशासन, संस्थागत सुदृढीकरण र क्षमता अभिवृद्धिमा यस वर्ष उल्लेखनीय प्रगति भएको दाबी गरे।

कार्यक्रममा वीरेन्द्र बहादुर बैदवार क्षेत्री, प्रकाश विक्रम खत्री, चिरायु भण्डारी, ऋषि कोइराला, ओम बहादुर के.सी. तथा नरेश श्रेष्ठ ले शुभकामना मन्तव्य दिएका थिए।

सो अवसरमा प्राधिकरणमा २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई अध्यक्ष पौडेल र सञ्चालक समितिका सदस्य मान बहादुर अर्याल ले सम्मान गरेका थिए।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार २१:५४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।