काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।
५६ वर्षीय कामिरिताले आज (१७ मे २०२६) बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।
शेर्पाले यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् । सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान उनकै नाममा छ ।
कामिरिताको सफल आरोहणपछि काठमाडौंमा उनको स्वागतको तयारी समेत सुरु गरिएको छ ।





















प्रतिक्रिया