Logo

खेलकुद

चौथो संस्करणको एनएसएल भाद्र २० गतेदेखि, खेलकुदलाई राजनीतिमुक्त बनाइने



काठमाडौं । चौथो संस्करणको नेपाल सुपर लिग (एनएसएल) भाद्र २० गतेदेखि सुरु हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरिएको हो।

कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले खेलकुद क्षेत्रलाई राजनीतिक प्रभावभन्दा टाढा राखेर अघि बढाउने नीति लिएको बताए ।

उनले नेपालमा रहेका २७ हजार विद्यालय र लाखौँ विद्यार्थीलाई लक्षित गर्दै सानै उमेरदेखि खेलकुदमा लगानी गर्न आवश्यक रहेको बताए ।

सानो उमेरदेखि नै विद्यार्थीमा लगानी गर्न थाल्यौँ भने उनीहरुलाई उत्कृष्ट खेलाडीका रूपमा विकास गर्न सकिने उनको भनाई छ ।

मन्त्री पोखरेलले आगामी पाठ्यक्रममा पनि खेलकुदलाई प्राथमिकताका साथ समावेश गरिने जानकारी दिएका छन् । उनले भने,‘राजनीतिक हिसाबले हेर्दा पार्टी र सरकार पनि सकेसम्म खेलकुद क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउन चाहन्छौं । नेपालमा २७ हजार विद्यालय छन्, लाखौं विद्यार्थीहरु हुनुहुन्छ । हामीले सानो उमेरदेखि नै विद्यार्थीमा लगानी गर्न थाल्यौं र यहाँहरुलाई एउटा खेलाडीको रुपमा पनि ल्याउन सकिन्छ भन्ने भिजनबाट अगाडि बढ्यौं भने राम्रो हुन्छ । सानो उमेरबाट लगानी गर्न सक्दा राम्रो खेलाडी उत्पादन गर्न सकिन्छ । त्यसैले अबको पाठ्यक्रममा पनि खेलकुदलाई महत्व दिएर राख्ने छौं ।’

आयोजककाअनुसार प्रतियोगिता होम एन्ड अवे फरम्याटमा हुनेछ भने खेल डबल राउन्ड रोबिनमा सञ्चालन हुनेछ । यस पटक १०–१२ टीमलाई सहभागी जनाउने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आईतवार १५:५३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।