काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । संस्थाले आव २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।
जेठ १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आव २०८१/८२ को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्दै लाभांश वितरण नगर्ने प्रस्तावसहित उक्त वित्तीय विवरणहरु स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष प्रस्तुत गर्ने तथा राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव र निर्देशन प्राप्त भएमा सो समेत समावेश गरी आगामी साधारण सभामा पारित/स्वीकृतीका लागि पेश गर्ने निर्णय समेत भएको संस्थाले जनाएको छ ।





















प्रतिक्रिया