Logo

समाचार

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ



काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका ६ घर भएका ३७ वर्षीय नारायण जोशी, सुर्खेत बराहाताल गाउँपालिका २ घर भएका ४३ वर्षीय गोपाल बिक्रम राना, भक्तपुर मध्यपुर थिमी नगरपालिका १ घर भएका ३२ वर्षीय नवराज पौड्याल र मनाङ नासोँ गाउँपालिका ६ घर भएका ५८ वर्षीय ङवाङ लामा रहेका छन्।

पक्राउमध्ये नारायणले कतार पठाइदिन्छु भन्दै १४ जनाबाट ४८ लाख रूपैयाँ, गोपालले इराक पठाइदिन्छु भन्दै ३ जनाबाट २० लाख रुपैयाँ, नवराजले अष्ट्रेलिया पठाइदिन्छु भन्दै एक जनाबाट ३ लाख रपैयाँ र ङवाङले क्रोएसिया पठाइदिन्छु भन्दै १ जनाबाट १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलवार १८:३२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।