Logo

अर्थ

प्रतिनिधि सभा निर्वाचन खर्च झन्डै ५ अर्ब रुपैयाँ, प्रति मतदाता कति ?



काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को खर्च विवरण सार्वजनिक गरेको छ । आयोगले आज मंगलबार सार्वजनिक गरेको विवरणअनुसार निर्वाचनमा कुल ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको छ।

निर्वाचनका लागि सरकारले आयोगलाई ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ उपलब्ध गराएको थियो । उपलब्ध बजेटमध्ये खर्च नभएको रकम फिर्ता हुने आयोगले जनाएको छ ।

आयोगका अनुसार कूल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ लाई आधार मान्दा प्रति मतदाता औसत २ सय ६३ रुपैयाँ खर्च भएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा मितव्ययी बनाउन विभिन्न निकायबाट सहयोग प्राप्त भएको आयोगले जनाएको छ ।

आयोगले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत, सहायक प्रमुख जिल्ला अधिकारी, प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रक, सुरक्षाकर्मी तथा निर्वाचनमा खटिएका सबै कर्मचारी र सहयोगीहरुप्रति धन्यवाद व्यक्त गरेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलवार १८:५२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।