Logo

प्रमुख समाचार

२० दिनका लागि बिदामा बसिन् न्यायाधीश सपना प्रधान मल्ल



काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदा बसेकी छन् । प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल बिदा बसेकी हुन् ।

न्यायाधीश प्रधानले आफैले बिदा स्वीकृत गरेर आजदेखि बिदा बसेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

मंगलबार शर्मा प्रधानन्यायाधीशको पदभार ग्रहणका लागि सर्वोच्च आउनुअघि नै न्यायाधीश प्रधानले आज (बुधबार)बाट लागू हुने गरी २० दिने बिदा स्वीकृत गरेकी हुन् । यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार १२:३१   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।