Logo

समाचार

प्रधान न्यायाधीश मनोज शर्माविरुद्धको दरपीठ निवेदन दर्ता, शुक्रबार पेसी



काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले प्रधान न्यायाधीश डा. मनाेजकुमार शर्माविरूद्धकाे दरपीठ गरिएकाे निवेदन दुई दिनपछि मात्रै अर्थात् आज दर्ता गतेको छ।

न्यायाधीश सपना प्रधान मल्लले जेठ ४ गते आफ्नो इजलासमा परेको निवेदनमाथि आदेश जारी गर्दै मुख्य रजिष्ट्रार र रजिष्ट्रारका नाममा “दिउँसो १ बजेसम्म निवेदन दर्ता गर्नू” भनी निर्देशन दिएकी थिइन्।

तर, कर्मचारीहरुले निवेदन दर्ता नगरेपछि नेपाल बार एसोसिएसनले बिरोध स्वरुप दिउँसै लालटिन बालेर प्रदर्शन गरेको थियो।

रिट निवेदक प्रेमराज सिलवालले दायर गरेको उक्त निवेदनको पेसी जेठ ११ गतेका लागि तोकिएको छ।

यसअघि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।

तर सर्वोच्च अदालत प्रशासनले उक्त रिटमा दरपीठ गरेपछि त्यसविरुद्ध दिइएको निवेदन दर्ता नगरी ‘होल्ड’मा राखिएको थियो। मङ्गलबार प्रधान न्यायाधीश शर्माले पदभार ग्रहण गरेसँगै बुधबार उक्त निवेदन औपचारिक रूपमा दर्ता गरिएको हो।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार २०:१६   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।