Logo

sports

आईपीएल: केकेआरको रोमाञ्चक जित, मुम्बई इन्डियन्स ४ विकेटले पराजित



कोलकाता । मनीष पाण्डेको उत्कृष्ट ब्याटिङको मद्दतले कोलकाता नाइट राइडर्स (केकेआर) ले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गरेको छ।

इडेन गार्डेन्समा बुधबार राति भएको खेलमा मुम्बईले दिएको १४८ रनको लक्ष्य कोलकाताले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। ७ बल बाँकी छँदै लक्ष्य पछ्याउने क्रममा केकेआरका लागि मनीष पाण्डेले ३३ बलमा ४५ रनको महत्वपूर्ण इनिङ खेले। उनी ‘प्लेयर अफ द म्याच’ बने।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो।

यो जितसँगै कोलकाताले १३ अंक जोडेको छ र तालिकाको छैटौं स्थानमा उक्लिएको छ। नवौं स्थानमा रहेको मुम्बई आठ अंकमा सीमित छ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहीबार ०९:५६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।