Logo

अर्थ

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी तोलामा ९० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ५० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको ४९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहीबार ११:१३   :  बजे

324
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।