काठमाडौं। सर्वोच्च अदालतमा कार्यरत राष्ट्रिय स्तरका ट्रेड युनियनले नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मालाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी यूनियन र राष्ट्रिय कर्मचारी संगठन विभागीय कार्यसमिति सर्वोच्च अदालतद्वारा आयोजित कार्यक्रममा शुभकामना व्यक्त गरेका हुन्।
उक्त कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन सर्वोच्च विभागीय कार्य समितिका उपाध्यक्ष श्रीप्रसाद पौडेलले नवनियुक्त प्रधानन्यायाधीश ज्यूलाई फूलमाला गुच्छासहित बधाई तथा शुभकामना व्यक्त गरे।
कार्यक्रममा कर्मचारी युनियन सर्वोच्च अदालत विभागीय समितिका अध्यक्ष जोदा सिं कठायतले संविधानवाद र लोकतान्त्रिक मूल्य मान्यता काषम राख्न टेड्र यूनियन बाधक नभई सहयोगीको रुपमा काम गर्न तयार रहेको प्रधानन्यायाधीश शर्मालाई बताएका थिए।
नवनियुक्त प्रधानन्यायाधीश शर्माले बधाई तथा शुभकामना दिने सम्पूर्ण टेड्रहरुलाई धन्यवाद दिँदै मिलेर काम गर्न तयार रहेको बताए।





















प्रतिक्रिया