Logo

बीमा

मापदण्ड विपरीत बीमालेख जारी गर्ने ६ कम्पनी कारबाहीमा



काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरण ले ६ वटा निर्जीवन बीमा कम्पनीलाई जनही २ लाख रुपैयाँका दरले जरिवाना गरेको छ । प्राधिकरणको जेठ ३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

कारबाहीमा पर्ने कम्पनीहरूमा युनाइटेड अजोड इन्स्योरेन्सप्रभु इन्स्योरेन्सहिमालयन एभरेष्ट इन्स्योरेन्ससिद्धार्थ प्रिमियर इन्स्योरेन्ससानिमा जिआइसी इन्स्योरेन्स र नेको इन्स्योरेन्स रहेका छन् ।

प्राधिकरणका अनुसार फास्ट ट्र्याकको पीआई बीमामा निर्धारण गरिएको मापदण्डभन्दा कम दरमा बीमालेख जारी गर्नुका साथै स्वेच्छाचारी रूपमा बीमालेख रद्द गरेको पाइएपछि ती कम्पनीहरूलाई कारबाही गरिएको हो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार ०९:३१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।