Logo

अर्थ

सेयर बजारमा १६ अंकको वृद्धि, ४ अर्ब ४९ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १६.३८ अंकले बढेर २,७५८ को विन्दुमा कायम भएको छ ।

आज २०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ४९ करोड माथिको सेयर कारोबार भएको छ । आज सबेभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको ४३ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिडी पावरको २४ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.८१ प्रतिशतका दरले कमाएका छन् । माबिलुङ हाइड्रोपावरका लगानीकर्ताले ९.३५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एनआइसी एशिया ब्यालेन्स फन्डका इकाईधनीले गुमाएका छन् । यसका इकाइृधनीले २.५९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार १५:१३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।