काठमाडौं । सरकारले संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको हो ।
प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक सूचना जारी गरेको छ ।
सोही निर्णयअनुसार नेपालको संविधानमा गर्नुपर्ने सुधार एवं संशोधनका विषयमा ७ दिनभित्र सुझाव उपलब्ध गराउन आग्रह गरिएको छ ।
सुझाव इमेल र ह्वाट्सएप मार्फत पठाउन सकिने छ । संविधान संशोधनका लागि लिखित सुझाव इमेल एड्रेस sambidhansansodhan@gmail.com र sambidhansansodhan@opmcm.gov.





















प्रतिक्रिया