काठमाडौं। यती एयरलाइन्सको चार्टर उडानमार्फत भारतीय धर्म गुरु श्री श्री विदुशेखर भारती सन्निधानम् जगद्गुरु शंकराचार्य काठमाडौं आइपुगेका छन्। धर्म गुरु ऐतिहासिक धार्मिक विजय यात्रामा सहभागी हुन नेपाल आएका हुन्।
यती एयरलाइन्सले सामाजिक संजालमा धर्म गुरुको फोटो राख्दै नेपाल आइपुगेको उल्लेख गरेको हो। धर्मगुरुले नेपाल यात्राको क्रममा आफ्नो जहाज प्रयोग गरेकोमा एयरलाइन्सको तर्फबाट धन्यवाद दिएको छ।
धार्मिक विजय यात्रा पशुपतिनाथ मन्दिर परिसरमा जेठ ८ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार कार्यक्रममा विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधिहरू आयोजना गर्ने तयारी छ।





















प्रतिक्रिया