Logo

अर्थ

सेयर बजारमा २७ अंकको वृद्धि, ५ अर्ब ९८ करोड माथिकाे कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७.८५ अंकले बढेर २,७८६ को विन्दुमा कायम भएको छ ।

आज २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब ९८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको ६० करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिडी पावरको ३० करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.०१ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै बुङगल हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १०.३२ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार १५:१३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।