Logo

समाचार

गोकर्णेश्वर-५ मा न्यूरोथेरापी शिविर सम्पन्न



काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ५ मा तीन दिने विशेषज्ञ न्यूरोथेरापी शिविर सम्पन्न भएको छ ।

गोकर्णेश्वर वडा नम्बर ५ को आयोजना र नेपाल न्यूरोथेरापी ट्रेनिङ इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरको व्यवस्थापनमा भएको शिविरमा ५ सय ५० भन्दा धेरै जनाले ९ सय पटक सेवा लिएको सेन्टरका अध्यक्ष खेमराज नेपालले जानकारी दिए । शिविरमा डा. राजकपुर राय मेहरा न्यूरोथेरापी एकेडेमी इन्डियाका वरिष्ठ न्यूरोथेरापिस्ट डा. कमलेश चौहानको नेतृत्वमा १५ जना विशेषज्ञ डाक्टर तथा थेरापिस्टले सेवा दिएका थिए ।

शिविर एकदमै प्रभावकारी भएको र विश्वस्तरीय सेवा पाएकाले आगामी दिनमा यसप्रकारको शिविरलाई नगरपालिका स्तरमा आयोजना गरिने गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ५ का अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।

नेपाल न्यूरोथेरापी ट्रेनिङ इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरले जाउलाखेल र चावहिलमा न्यूरोथेरापी सेवा सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलवार १०:४१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।