बुटवल । काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन् ।
कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस हुलाकी राजमार्गअन्तर्गत पर्ने कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर ४ बरईमा मंगलबार बिहान करिब ४ बजेतिर दुर्घटना भएको हो ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम, र अन्य १७ जना सामान्य रहेको र अन्य सकुशल सबै घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिए ।




















प्रतिक्रिया