काठमाडौं । प्रिमियर डिस्टिलरी लिमिटेडले ‘एट पिक्स’ नामक नयाँ ब्रान्ड बजारमा सार्वजनिक गरेको छ । द हिमालयन रिजर्भ ब्लेन्डेड ह्विस्की, ओल्ड मंक सा वर्षे रम, ओल्ड मंक लेजेन्ड रम र ब्ल्याक स्टालियन जस्ता प्रिमियम ब्रान्ड ल्याएको कम्पनीले एट पिक्स सार्वजनिक गरेको हो ।
“समुद्र सतहबाट आठ हजार मिटर अग्ला हिमालहरू संसारमा चौधवटा मात्रै छन् र त्यसमध्ये आठ नेपाली भूमिमा पर्छन् । आठ हिमालका शिखरमा हजारौँ वर्षको इतिहास बोकेर बसेका कोमल हिउँ जब पग्लिन्छ, बग्छ, र पुनः हिमतालमा जम्छ अनि वर्षौंसम्म हिमाली चट्टानभित्र छानिएर जलधाराको रूपमा झर्ना बनेर बग्छ, तब प्रकृति स्वयंले तयार गरिदिएको सबैभन्दा शुद्ध र कञ्चन उपहारबाट एट पिक्स बन्छ,” कम्पनीले भनेको छ ।
हिमनदीबाट अविरल बगिरहेका जलधाराको कञ्चन पानीबाट बनेको एट पिक्सलाई परम्परागत तामाको स्टिलबाट हुने फ्र्याक्सनल डिस्टिलेसनलाई आणविकस्तरको रूसी चारकोल र चाँदी फिल्ट्रेसनसँग संयोजन गरी तयार गरिएको छ ।
देशको प्राकृतिक गौरवलाई सम्मान गर्दै आधुनिक उपभोक्तालाई लक्षित गरी तयार गरिएको ८ पिक्सले प्राकृतिक इतिहाससँगै आधुनिक र स्टाइलिस पहिचान पनि झल्काउने कम्पनीको दाबी छ ।
देशभर गरिएको उपभोक्ता स्वाद परीक्षणमा ८ पीक्सले ९९ प्रतिशत सहभागीको मन जित्न सफल भएको छ, जसले यसको बजारी सम्भावनाप्रति प्रिमियर डिस्टिलरी लिमिटेडको आत्मविश्वासलाई थप मजबुत बनाएको छ ।
८ पीक्स आगामी १५–२० दिनभित्र नेपालभरका प्रमुख सहरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो ७५० एमएल, ३७५ एमएल, र १८० एमएलका बोतलहरुमा बजारमा उपलब्ध हुनेछ ।




















प्रतिक्रिया