Logo

समाचार

जगद्गुरु शंकराचार्यले गरे चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा पूजा अर्चना



काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका जगद्गुरु शंकराचार्य श्री विधुशेखर भारती महास्वामीले चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा पूजा अर्चना गरेका छन् ।

‘धार्मिक विजय यात्रा नेपाल–२०२६’को अवसरमा यहाँ आएका उनी सोमबार चन्द्रागिरि पुगेका हुन् । जगद्गुरु शङ्कराचार्यसहितका विशिष्ट पाहुनालाई चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकाल तथा सञ्चालक, संस्थापक सहितका पधाधिकारीहरुले स्वागत गरे ।

भ्रमणका अवसरमा जगद्गुरु शङ्कराचार्यले पर्यटन क्षेत्रमा चन्द्रागिरि हिल्स उत्कृष्ट गन्तव्य बन्न पुगेको भन्दै प्रशंसा गरे । साथै चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति गरेको उनले बताए।

यहाँको वातावरण संस्कृति र प्राकृतिक सुन्दरताले सबैलाई लोभ्याउने उनको भनाइ छ । हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौं उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढ्नु अत्यन्तै स्मरणीय अनुभव भएको उनले बताए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलवार १६:२५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।