Logo

अर्थ

साल्ट ट्रेडिङ्गको सेयरमूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सेयरमूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले यस दिन कम्पनीको ९.५० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपछि कम्पनीको सेयरमूल्य ५ हजार ४२४ रुपैयाँ ५७ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य प्रतिकित्ता ५ हजार ९३९ रुपैयाँ ९० पैसाको आधारमा मूल्य समायोजन भएको हो ।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

कम्पनीले जेठ २९ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ५९ औँ वार्षिक साधारणसभा बोलाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार १०:४४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।