Logo

समाचार

रास्वपाका सांसद केपी खनाल र ज्वाला सङ्ग्रौलामाथि अनुसन्धान गर्न सिफारिस



काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनाल र ज्वाला सङ्ग्रौलामाथि अनुसन्धान गर्न सिफारिस गरेको छ ।

२०८२ भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा हिंसा भड्काउन र भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्दै सामाजिक अभियन्ताहरू केपी खनाल र ज्वाला सङ्ग्रौला सहितका व्यक्तिहरूमाथि थप अनुसन्धान गरी कारबाही गर्न सरकारलाई सिफारिस गरेको हो ।

आयोगको प्रतिवेदनले आन्दोलनका क्रममा भएका मानवीय र भौतिक क्षतिका पछाडि सामाजिक सञ्जालमार्फत दिइएका उत्तेजक अभिव्यक्तिहरू पनि जिम्मेवार रहेको निष्कर्ष निकालेको छ ।

प्रतिवेदनको बुँदा नं. ३० र सिफारिस खण्डको बुँदा नं.१० मा उल्लेख भएअनुसार, केपी खनाल, ज्वाला सङ्ग्रौला, पुण्य गौतम, मुकुन्द उप्रेती (लगायतका अभियन्ताहरू) ले आन्दोलन पूर्व, आन्दोलनको दौरान र आन्दोलन पश्चात् सामाजिक सञ्जालमा दिएका अभिव्यक्तिहरूले प्रदर्शनलाई उग्र बनाउन सहयोग पुर्‍याएको पाइएको छ।

आयोगले भनेको छ, ‘उनीहरूको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको देखिएकाले उनीहरूको संलग्नता रहे नरहेको र उनीहरूको अभिव्यक्तिबाट प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर परे / नपरेको सम्बन्धमा थप अनुसन्धान हुन आवश्यक देखिन्छ ।’

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार १८:१४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।