Logo

अन्तर्राष्ट्रिय

इजरायली सेनाले गर्‍यो लेबनानमा ठूलो आक्रमणको तयारी



काठमाडौं । इजरायली सेनाले दक्षिणी लेबनानका बासिन्दालाई क्षेत्र खाली गर्न आदेश दिएको छ ।

नयाँ सैन्य कारबाही अघि ती क्षेत्रलाई युद्ध क्षेत्र घोषणा गरिएको इजरायल रक्षा बलले जनाएको छ ।

इजरायलले जहरानी नदीको उत्तरतर्फ सर्न स्थानीयलाई आग्रह गरेको छ । उक्त नदी इजरायली सीमाबाट करिब ४० किलोमिटर टाढा पर्छ ।

इजरायली सेनाले हिजबुल्लाहले पटक–पटक युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

अप्रिल १७ मा युद्धविराम लागू भएयताकै यो सबैभन्दा ठूलो खाली गराउने आदेश भएको बताइएको छ ।

यसबाट लेबनानको करिब १४ प्रतिशत भूभाग प्रभावित हुने जनाइएको छ ।

यसअघि बुधबार इजरायलले दक्षिणी सहर टायरमा हवाई आक्रमण गरेको थियो ।

हिजबुल्लाहले पनि इजरायलमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।

उसले आफ्ना लडाकु र इजरायली सेनाबीच झडप भएको दाबी गरेको छ ।

इजरायली प्रधानमन्त्री Benjamin Netanyahu ले हिजबुल्लाहले दक्षिणी लेबनानमा तैनाथ सैनिक र उत्तरी इजरायलका नागरिकमाथि ड्रोन आक्रमण गरेको बताएका छन् ।

त्यसपछि उनले स्थलीय सैन्य अभियान थप विस्तार गर्ने बताएका हुन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहीबार ०८:१९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।