काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले बकर ईद पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता, सामाजिक एकता र आपसी सद्भावलाई सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
शुभकामना सन्देश जारी गर्दै उनले सामाजिक सद्भाव कायम राख्न सबै समुदायबीच पारस्परिक सम्मान र सहकार्य आवश्यक रहेको बताए ।
उनले इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईद (ईद–उल–अधा) को पावन अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरे ।




















प्रतिक्रिया