Logo

अर्थ

ट्राफिक कारबाहीमा १० लाख ७८ हजार राजस्व सङ्कलन



काठमाडौँ । बितेको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १,९५७ चालकलाई कारबाही गर्दै राज्यले रु १० लाख ७८ हजार ५०० राजस्व सङ्कलन गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २३ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने, १४४ जना अवैध राइड सेयरिङ गर्ने तथा १८५ जना ट्राफिक सिग्नल उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको छ। त्यस्तै १८१ जना तीव्र गतिमा सवारी चलाउनेलाई पनि कारबाही गरिएको छ।

अन्यमा ८७ जना लेन अनुशासन उल्लङ्घन गर्ने, ९१ जना निषेधित क्षेत्रमा हर्न बजाउने, १११ जना सडक पेटीमा पार्किङ गर्ने र ९३ जना एकतर्फी सडकमा सवारी चलाउनेलाई कारबाही गरिएको छ। बाँकी १,००० जना विभिन्न अन्य ट्राफिक नियम उल्लङ्घनका कारण कारबाहीमा परेका छन्।

प्रहरीका अनुसार सडक अनुशासन सुधार गर्दै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नियमित कारबाही अभियान सञ्चालन भइरहेको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार ०९:४१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।