काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी तोलामा १७५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ४० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको ४८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।





















प्रतिक्रिया