Logo

समाचार

देश आर्थिक सुधारको निर्णायक मोडमा छ: अर्थमन्त्री



अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुक अहिले वृहत् आर्थिक सुधारको निर्णायक मोडमा उभिएको बताएका छन् |

शुक्रबार आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै उनले राजनीतिक स्थायित्वसँगै आर्थिक सूचकहरू सुधारोन्मुख रहेको उल्लेख गरे ।

बजेट भाषणका क्रममा उनले भने, “मुलुक अहिले वृहत् आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ । राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको छ । आर्थिक परिसूचक सुधारोन्मुख छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता छ । नयाँ प्रविधिमा विशाल सम्भावना छन् ।”

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक भइरहेको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको जायज अपेक्षालाई सम्बोधन गर्ने विश्वाससमेत व्यक्त गरे ।

उनका अनुसार यो बजेट आर्थिक सुधार, लगानी विस्तार र प्रविधिमैत्री विकासमार्फत देशलाई नयाँ दिशातर्फ अघि बढाउने उद्देश्यका साथ ल्याइएको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार १६:३८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।