Logo

अर्थ

स्टार्टअपलाई सहज बनाउन ‘नेपाल इन्टरप्राइज फेसिलिटी’ स्थापना



काठमाडौं । सरकारले स्टार्टअप र साना तथा मझौला उद्यमलाई सहज बनाउन एकीकृत प्लेटफर्म बनाउने भएको छ ।

नयाँ आर्थिक वर्षको बजेटमार्फत सरकारले स्टार्टअप, साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम एकोसिस्टममा आबद्ध गर्ने प्लेटफर्मका रुपमा ‘नेपाल इन्टरप्राइज फेसिलिटी’ स्थापना गर्ने भएको हो ।

अर्थमन्त्री स्वर्णिम वाग्लेका अनुसार, यो प्लेटफर्मले उद्यमसम्बन्धि नीतिगत व्यवस्था गर्नेछ । नवीन वित्तिय उपकरणको पहिचान र पहुँचसहित स्टार्टअप गर्नेलाई इनक्युबेसनसहितको सहयोग सञ्जालमा जोड्नेछ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार १८:३१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।