काठमाडौं। होटल तथा रिसोर्टलाई आवश्यक सवारी साधन खरिदमा अव १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने भएको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा २०८३ सालसम्म सञ्चालनमा आउने गरी निर्माणाधीन होटल तथा रिसोर्टमध्ये नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा एक अर्ब रुपैयाँदेखि दुई अर्ब रुपैयाँसम्म लगानी गरेका होटल तथा रिसोर्टले दुई वटा सवारी साधन किन्दा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने भएको हो।
यस्तै दुई अर्ब रुपैयाँदेखि पाँच अर्ब रुपैयाँसम्म लगानी गरेका होटल तथा रिसोर्टले पैठारी गर्ने पाँच वटा सवारी साधन र पाँच अर्ब रुपैयाँदेखि बढी लगानी गरेका होटल तथा रिसोर्टले पैठारी गर्ने दश वटा सवारी साधनमा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने भएको हो।
यसअघि ८० प्रतिशतसम्म महसुल छुट दिने गरिएपनि होटल सञ्चालनभन्दा सञ्चालकहरूले हरियो प्लेट लगाएर महँगा गाडीहरू किनेर दुरुपयोग गरेको आरोप लगाएपछि रोकिएको थियो। अव भने होटलले होटल प्रयोजनका लागि मात्र यस्ता सवारी खरिद गर्न पाउने भएका हुन्।
पछिल्लो समय नेपालमा लक्जरी होटलहरु सञ्चालन भइरहेको बेला त्यहाँ बस्ने पर्यटकहरूलाई ओसारपसार गर्न लक्जरी गाडीहरू खरिदमा चर्को भन्सार शुल्क लगाउँदा समस्या भएको भन्दै कर छुट मागिरहेका व्यवसायीहरुलाई ठूलो राहत हुने बताउँदै आएका छन्।
यसरी ल्याएका सवारी साधनहरु दश वर्षसम्म निजी सवारीका रूपमा दर्ता वा नामसारी गर्न नपाईने र त्यसरी पैठारी भएका सवारी साधनमा बाहिरपट्टि त्यस्ता होटल तथा रिसोर्टको नाम लाग्नुपर्ने छ।




















प्रतिक्रिया