Logo

समाचार

जडीबुटीमा लुटेरा समात्न प्रहरीले चलायाे गोली



काठमाडौं।  जडीबुटी क्षेत्रमा लुटपाटमा संलग्न एक व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार जडीबुटीस्थित रोयल पार्टी प्यालेसनजिकै लुटेरालाई नियन्त्रणमा लिन खोज्दा उनी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो।

पक्राउ पर्ने व्यक्ति काठमाडौंको भद्रकाली निवासी गणेश कार्की रहेका छन्। प्रहरीका अनुसार उनको बायाँ खुट्टामा गोली लागेको छ र उपचारका लागि अस्पताल लगिएको छ।

कार्कीमाथि शनिबार दिउँसो एक चप्पल कारखानामा कार्यरत महिलाको सुनको सिक्री लुटेको आरोप छ।

उक्त घटनामा संलग्न अर्का एक व्यक्तिलाई भने प्रहरीले सोही दिन दिउँसो नै पक्राउ गरिसकेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आईतवार ०९:५८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।