Logo

sports

सन्दीपले जाफ्ना किङ्सबाट लंका प्रिमियर लिग खेल्ने



काठमाडौँ । नेपाली क्रिकेट टीमका स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको फ्रेन्चाइज लिग लंका प्रिमियर लिग खेल्ने भएका छन्।

प्रतियोगीताको लागि सन्दीपलाई जाफ्ना किङ्सले टीममा भित्राएको हो।

गोल्ड क्याटेगोरीको सर्टलिस्टमा परेका सन्दीप २० हजार डलर (करिब ३० लाख रुपैया) मा बिक्री भएका हुन्।

जाफ्ना किङ्सको कप्तानी श्रीलंकाका अनुभवी ब्याट्सम्यान भानुका राजापक्षेले गर्नेछन्। टीममा बंगलादेशका अनुभवि अलराउन्डर सकिब अल हसनसहित दिलशान मधुशंका, इब्राहिम जद्रान, डेविड विसी, अविष्का फर्नान्डो, चामिन्दु विक्रमासिंगे लगायत छन्।

सन्दीपले यसअघि पनि विभिन्न देशका फ्रेन्चाइज खेलहरुमा सहभागिता जनाइसकेका छन्।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार १९:०१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।