Logo

प्रमुख समाचार

संसदमा गगन थापाको प्रश्न, गृहमन्त्री थापाको जवाफ



सांसदहरुले गृहमन्न्त्री रामबहादुर थापा ‘बादल’लाई निर्मला पन्तको हत्या कहिले पत्ता लाग्छ भनेर सोधेका छन् ।बुधबार प्रतिनिधि सभाको बैठकमा भएको प्रश्नोत्तरमा कांग्रेस सांसद गगन कुमार थापाले  ‘रक्षामन्त्रीले ५ दिनभित्र अपराधी सार्वजनिक गर्छौं दिन गनेर बस्नुहोला भन्नु भएको थियो । यसबारे गृहमन्त्रीलाई जानकारी छ कि छैन ?’ भनेर प्रश्न गरेका थिए।

थापाको प्रश्नको जवाफमा गृहमन्त्री थापाले यस्तो जवाफ दिए,”रक्षामन्त्रीजीले के भन्नुभयो ठोस रुपमा जानकारी छैन । तर, छिट्टै अपराधीलाई कानुनको कठघरामा ल्याउने स्परिटसहित भन्नु भएको होला अनुमान गर्न सक्छु ।

सन्दिग्ध व्यक्ति अनुसन्धानको घेराभित्र आएको आधार बनाएर भन्नु भएको होला । निश्चित आधारमा हिरासतमा लिइएको थियो । कतिपयले साविती बयान पनि दिएका थिए तर, अरु प्रक्रिया पुरा नभएकाले मुक्त गर्न गरेका छौं ।”

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार १०:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।