वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा २३ अर्ब ४६ करोड १५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
भन्सार कार्यालयका अनुसार भदौमा संकलित राजस्व कार्यालयलाई तोकिएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो। कार्यालयले उक्त महिनाका लागि २३ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो।
भदौ मसान्तसम्मको संकलनसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत पूरा भएको कार्यालयका प्रवक्ता पूर्णप्रसाद लम्सालले जानकारी दिए।
मूल्य तथा राजस्व योगदानका आधारमा वीरगन्ज नाकाबाट बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ।
भन्सार कार्यालयका अनुसार यी वस्तुको आयातबाट उल्लेख्य राजस्व संकलन हुँदै आएको छ।



















प्रतिक्रिया