Logo

अर्थ

सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आइतबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ ।

आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएकोमा आज ४ हजार ७९५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आईतवार ११:०३   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।