Logo

मधेश प्रदेश

जब देवर-भाउजूको प्रेम श्रीमतीले थाहा पाइन…



भाउजूसँगको प्रेम लुकाउन मुकेश गोइतले श्रीमती निर्मला यादवलाई जिउँदै आगो लगाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । धनुषाको शहिद नगरपालिका-१ स्थित पुरवारी टोल चिरैया बस्ने मुकेशले वैशाख ५ गते निर्मलाको शरीरमा मट्टितेल छर्केर आगो लगाएका थिए ।

घटनामा निर्मलाको शरीरको छाला ७० प्रतिशत जलेको थियो । जनकपुर अञ्चल अस्पतालमा निर्मलाको उपचार हुन नसकेपछि काठमाण्डु ल्याइएको थियो । उपचारका क्रममै वैशाख १६ गते निर्मलाको मृत्यु भएको थियो ।

विवाहअघि नै भाउजू श्यामादेवी यादवसँग मुकेशको प्रेम रहेको र बिहेपछि पनि उनीहरू छुट्टिन नसकेपछि निर्मलाको हत्या गरेको धनुषाका एसपी शेखर खनालले बताए । निर्मलासँग विवाह १० महिना नवित्दै मुकेशले उनलाई जलाएका थिए ।

एसपी खनालका अनुसार श्यामादेवीकै कारण मुकेश र निर्मलाबीच झगडा हुन थालेपछि उनले नै जिउँदै जलाएर हत्या गर्ने योजना बनाएकी थिइन् । निर्मलालाई मट्टीतेल छर्केर आगो लगाएसँगै मुकेश भागेका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार १५:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।