Logo

प्रमुख समाचार

सिरहाको लहानमा बसको ठक्करबाट एक जनाको मृत्युु



सिरहाको लहान नगरपालिका १२ पडरिया स्थित पूर्व पश्चिम राजमार्गमा पर्ने पडरिया चौकमै बसको ठक्करबाट एक युवकको ज्यान गएको छ । ज्यान जाने ब्यक्ति सिरहाको धनगढीमाई नगरपालिका ११ बस्ने २३ वर्षीय ओम मण्डल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले बताएका छन् ।

प्रहरी निरीक्षक मिलन बस्नेतका अनुसार पूर्व तर्फबाट आउँदै गरेको ना।६ ख।७८६४ नम्बर प्लेट भएको यात्रुबहाक बसको ठक्करबाट गम्भिर घाईते भएका थिए।

घाईते भएका ओम मण्डललाई अस्पताल लैजादै गर्दा बाटैमा ज्यान गएको हो । बस र चालक झापाको मेची नगरपालिका ११ का ४२ वर्षीय लक्ष्मी प्रसाद दंगाललाई प्रहरीले नियन्त्रणमा लिई कानुन प्रक्रिया अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार १८:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।