विभिन्न गुट–उपगुटमा रहेका कारण कमजारे प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसभित्र छाया सरकार गठनमा पनि असन्तुष्टि देखिएको छ । सरकारमाथि मन्त्रालयगत रूपमै खबरदारी गर्न भन्दै कांग्रेसले सोमबार ५८ सदस्यीय छाया सरकार गठन गरेको थियो ।
छाया सरकारको जिम्मेवारी पाएका नेताहरूले असन्तुष्टि जनाउन थालेका छन् । यसरी असन्तुष्टि जनाउने नेताहरुमा गगन थापा, अमरेश सिंह लगायत छन् ।
पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रत्येक मन्त्रालयमा एक संयोजक र दुई सदस्य रहने गरी छाया सरकार गठन गरेका थिए। कांग्रेसले यसलाई मन्त्रालय समन्वय समिति नाम दिएको छ ।
छाया सरकारको परराष्ट समितिमा रहेका सिंहले आफू उक्त समितिमा नबस्ने जानकारी संसदीय दलमा लिखित रूपमै गराएका छन् । यो समाचर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नवीन झाले लेखेका छन् ।
यो पनि पढ्नुहोस् !
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच रस्साकस्सी भएको छ । पार्टीले सुरु गरेको जागरण अभियानलाई लिएर बरिष्ठ नेता पौडेलले असहयोग गरेको सभापति देउवा पक्षको आरोप छ ।
तर, बरिष्ठ नेता पौडेलले भने उक्त आरोपको सिधै खण्डन गरेका छन् । पौडेलले पार्टीको विधान र महासमिति बैठक अनुसार तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् ।
देउवाले महाधिवेशन टार्न खोजेको पौडेल पक्षको आरोप छ । उता, देउवाले भने पौडेललाई आज फोनबाटै पार्टीको विधानविपरित कुनैपनि कार्य गरे सह्य नहुने चेतावनी दिएका छन् । पौडेलको देश दौडाहा जागरण अभियान भाँड्नको लागि भएको देउवा पक्षधरको गम्भिर आरोप छ ।
यो पनि पढ्नुहोस्
यसैबीच पाँचथरमा भएको विभत्स हत्यालाई गम्भीरतापूर्वक लिँदै नेपाली कांग्रेसले आज घटनास्थलमा पार्टीका प्रतिनिधिहरु पठाएको छ ।पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नं. ३ आरुबोटेमा ९ जनाको सामुहिक हत्या भएको घटनालाई गम्भीरतापूर्वक लिंदै नेपाली कांग्रेसले प्रतिनिधिहरु पठाएको हो ।
केन्द्रीय सदस्य भिष्मराज आङ्दम्वे, प्रवक्ता विश्वप्रकाश शर्मा र पाँचथर सभापति नरेन्द्र केरुङ लिम्बू आज पार्टीको प्रतिनिधित्व गर्दै सो गाउँ र घटनास्थल पुगेका छन् ।नेपाली कांग्रेसले यो रहस्यमय घटनाको गहिरो र गम्भीर छानविन गर्न सरकार समक्ष अपिल गर्दै मृतके आत्माको चिर शान्तिको कामना समेत गरेको छ ।
यो पनि पढ्नुहोस्
अनशनरत नर्सको माग पुरा गर्न सरकारलाई कांग्रेसको दवाब
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनशनरत नर्संको माग राज्यबाट सम्बोधन नभएको भन्दै सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ ।गत बैशाख २७ गत्तेदेखि अनशनरत नर्सको माग अहिलेसम्म पनि पुरा नभएको भन्दै सरकारलाई ध्यानाकर्षण गराएको हो ।
अनशनको १४ औं दिन वितिसक्दा सम्म पनि अनशनरत श्री जिता बरालको मागहरुलाई सरकारबाट सुनुवाई नहुनु दुःखद पक्ष भएको कांग्रेसको ठहर छ । अनशन बसेकी नर्सको स्वास्थ्य स्थिति दिनप्रति दिन विग्रदै गइरहेकोले उनकोे जीवन रक्षाको प्रमुख दायित्व राज्य पक्ष रहेकोमा यस विषयमा सरकार गम्भिर हुनुपर्ने कांग्रेको भनाई छ ।
सरकारी पक्ष र अनशनरत पक्षबीच यथाशीघ्र वार्ता गरी सम्वादको माध्यमबाट पेशागत हकहित र अधिकार सम्बन्धित सबै जायज माग पुरा गर्न वर्तमान सरकार समक्ष नेपाली कांग्रेस संसदीय दल आग्रह गरेको हो ।
जागरण अभियानमै सभापति देउवा विरामी, उपचारको लागि बाहिर जाँदै !
कांग्रेसको जागरण अभियान चलिरहेकै बेला प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरामी परेका छन् ।उनको उपचारको लागि आज सिंगापुर जाँदै छन् ।
राष्ट्रिय जागरण अभियान मध्य भागमा चलिरहेको र छायाँ सरकार गठन गरेको दुई दिन मात्र हुँदै देउवा विरामी परेका हुन् । सभापति नै विरामी पर्नुले अहिले जागरण अभियान अर्थपूर्ण रुपमा लिइएको छ ।
सभापति देउवाले सिंगापुर जानु अघि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का र सह महामन्त्री डा. प्रकाश शरण महतलाई देउवा निवास बुढानीलकण्ठमा बोलाएर यस विषयमा जानकारी दिएका थिए ।स्वास्थ्योपचार गरेर सभापति देउवा १३ गते साँझ फर्किने उनको सचिवालयले जनाएको छ ।
यो पनि पढ्नुहोस्
सरकारबिरुद्ध मोर्चा कस्ने तयारीमा प्रमुख प्रतिपक्ष दल
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानविरोधी प्रावधान राखिएका विधेयक र राजनीतिक मुद्दामा संयुक्त दृष्टिकोणका साथ अघि बढ्न राष्ट्रिय जनता पार्टी (राजपा) लगायतका साना दलसँग सहकार्य गर्ने भएको छ।
सरकारका कामकारबाहीको निगरानी बढाउने भन्दै सोमबार मात्रै उसले छाया सरकार गठन गरेको छ। राजपा अध्यक्षमण्डलले पनि शनिबार बृहत् लोकतान्त्रिक मोर्चाको आवश्यकतामा जोड दिँदै प्रमुख प्रतिपक्षी कांग्रेससहित साना दलसँग सहकार्य र छलफल गर्ने अनौपचारिक निर्णय गरेको छ।
राष्ट्रिय सभा संसदीय दलका नेतासमेत रहेका कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले सरकारले धमाधम संविधानविरोधी विधेयक ल्याउने र संसद्मा विपक्षी दललाई पेलेरै अघि बढ्ने रवैया देखाएकाले विपक्षी मोर्चा बनाउन आवश्यक भएको बताए।
सरकारलाई संविधानविपरीत बाटो हिँड्न नदिन पनि संसद्मा रहेका सबै विपक्षी दलसँगको समन्वय र एकता आवश्यक देखियो, पाण्डेले भने, विपक्षीहरूको आवाज सदन र सडकमा समेत प्रभावकारी बनाउन आपसमा छलफल गर्दैछौं। उनले विपक्षीको भूमिकालाई प्रभावकारी बनाउन कांग्रेसले छाया सरकार गठन गरेको बताए।
राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले प्रधानमन्त्री ओली शक्ति सन्तुलनका सबै मान्यतालाई मिच्दै निरंकुश बाटोमा अघि बढेकाले लोकतान्त्रिक मोर्चा आवश्यक रहेको बताए।
राज्यका सबै संरचनालाई कमजोर बनाएर प्रधानमन्त्री आफू शक्तिशाली बन्न खोजिरहेका छन् उनले भने, त्यसैका लागि लोकतान्त्रिक मोर्चा बनाउने दिशामा राजपा अघि बढेको हो। कान्तिपुरमा खबर छ।
याे पनी पढ्नुहाेस्
गगन थापाले शिक्षा पाएपछि गिरिराजमणिलाई तनाब, मिनेन्द्रले खतिवडाको सातो खाने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रालयस्तरीय समन्वय समिति गठन गरेका छन् । छाँया सरकारलाई प्रभावकारी बनाउन भन्दै समिति गठन गरेको कांग्रेसले जनाएको छ । सोमबार देउवाले २१ मन्त्रालयका लागि मन्त्रालय स्तरीय समन्वय समिति गठन गरेका हुन् ।
संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छाँया सरकारको रुपमा क्रियाशील रही कार्य सम्पादन गर्नका समिति गठन गरिएको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसको छायाँ सरकार बनेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई तनाब भएको छ । कांग्रेसका यूवा नेता गगन थापाले शिक्षा मन्त्रालय पाएपछि अब सरकारका मन्त्रीले गरेका हरेक निर्णयहरुको शुष्म रुपमा निगरानी राख्ने भएपछि पोखरेललाई तनाब भएको हो ।
त्यस्तै सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाको सातो लिने तयारीम डा. मिलेन्द्र रिजाल रहेका छन् ।
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवा ज्युले नेपाली कांग्रेस संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छायाँ सरकारको रुपमा क्रियाशिल रही कार्य सम्पादन गर्नका लागि देहाय बमोजिमका मन्त्रालय स्तरीय समन्वय समिति गठन गर्ने भएको छ ।
हेर्नुहोस् पुरा विवरण :
१. उर्जा, जलस्रोत तथा सिंचाई
– माननीय ज्ञानेन्द्र बहादुर कार्की, संयोजक
– माननीय सत्यनारायण खनाल
– माननीय ज्ञानकुमारी छन्त्याल
२. परराष्ट्र मन्त्रालय
– माननीय डा. नारायण खड्का, संयोजक
– माननीय डा. अमेरश कुमार सिंह
– माननीय दिव्यमणी राजभण्डारी
३. अर्थ मन्त्रालय
– माननीय डा. मिनेन्द्र रिजाल, संयोजक
– माननीय मीना पाण्डे
– माननीय विनोद कुमार चौधरी
४. गृह मन्त्रालय
– माननीय दिलेन्द्रप्रसाद वडू , संयोजक
– माननीय रमेशजंग रायमाझी
– माननीय महेन्द्र कुमारी लिम्वू
५. शहरी विकास मन्त्रालय
– माननीय उमाकान्त चौधरी, संयोजक
– माननीय मीनाक्षी झा
– माननीय रामबहादुर विष्ट
६. युवा तथा खेलकुद मन्त्रालय
– माननीय किशोर सिंह राठौर, संयोजक
– माननीय रंगमति शाही
– माननीय दुर्गा प्रसाद उपाध्याय
७. उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय
– माननीय मीनबहादुर विश्वकर्मा, संयोजक
– माननीय विन्दा देवी आले राना
– माननीय कर्मा घले
८. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
– माननीय गगन कुमार थापा, संयोजक
– माननीय उमेश श्रेष्ठ
– माननीय नमिता कुमारी चौधरी
९. खानेपानी मन्त्रालय
– माननीय सुजाता परियार, संयोजक
– माननीय मिना सुब्बा
– माननीय नागेन्द्र कुमार राय
१०. स्वास्थ्य तथा जनसंख्या
– माननीय पार्वता डि.सी. चौधरी, संयोजक
– माननीय सीताराम महतो
– माननीय मोहन आचार्य
११. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
– माननीय देवेन्द्रराज कण्डेल, संयोजक
– माननीय प्रकाश स्नेही रसाइली
– माननीय प्रमिला राई
१२. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
– माननीय डा. डिला संग्रौला पन्त, संयोजक
– माननीय प्रकाश पन्थ
१३. सञ्चार तथा सूचना प्रविधि
– माननीय बहादुर सिंह लामा, संयोजक
– माननीय सूर्यबहादुर केसी
– माननीय विमला नेपाली
१४. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
– माननीय लक्ष्मी परियार , संयोजक
– माननीय प्रमोद कुमार यादव
– माननीय स्मृति नारायण चौधरी
१५. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
– माननीय अतहर कमाल म’सलमान, संयोजक
– माननीय तेजुलाल चौधरी
– माननीय धन कुमारी खतिवडा
१६. कृषि तथा पशुपंक्षी मन्त्रालय
– माननीय पद्म नारायण चौधरी, संयोजक
– माननीय अनिता देवकोटा
– माननीय सरवत आरा खानम हलुवाइनी
१७. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
– माननीय उमा रेग्मी , संयोजक
– माननीय लालकाजी गुरुङ
– माननीय हिरा गुरुङ
१८. रक्षा मन्त्रालय
– माननीय भिसेनदास प्रधान, संयोजक
– माननीय अभिषेक प्रताप शाह
१९. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
– माननीय सञ्जय कुमार गौतम, संयोजक
– माननीय जीप छिरिङ लामा
– माननीय देवप्रसाद तिमिल्सिना
२०. वन तथा वातावरण मन्त्रालय
– माननीय राजेन्द्र कुमार के.सी., संयोजक
– माननीय मुक्ता कुमारी यादव
२१. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
– माननीय राधेश्याम अधिकारी, संयोजक





















प्रतिक्रिया