Logo

गण्डकी प्रदेश

भेटियो लागुऔषध कारोबारीसँग ‘पेन गन, एक युवा प*क्राउ



कलमजस्तै देखिने बन्दुक र त्यसमा लाग्ने सात राउन्ड गोलीसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । प्रहरीले ती युवकको साथबाट लागुऔषध पनि बरामद गरेको छ।

कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार पोखरा महानगरपालिका–२४ घर भई पोखरा–७ बस्ने सागर रानाभाटको साथबाट पेनगन र लागुऔषध बरामद गरेको हो। लागुऔषधविरुद्ध निगरानी बढाएको प्रहरीले हातहतियारको कारोबार गर्ने पत्ता लागेपछि गत सोमबार रानाभाटलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले रानाभाटको साथबाट फेनारगन थान–६०, ब्रुप्रिनर्फिन थान–६०, डाइजेपाम थान– ६०, नाइट्रोसन १५ चक्की बरामद गरेको थियो। रानाभाटले लागु औषध सेवन, ओसारपसार र बिक्री वितरण तथा हतियारसमेत बोकी हिँड्ने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान पश्चात निजको डेराकोठा तलासी लिँदा पेनगन र लागुऔषध बरामद् गरेको एसपी कार्कीले बताएका छन्।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार १०:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।