Logo

प्रमुख समाचार

जनतालाई बिभिन्न बाहानामा दुःख दिन सरकार उद्धत : डा. डिला संग्रौला



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एंब प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला पन्तले लोकतन्त्रको रक्षा गर्ने पार्टी नेपाली कांग्रेस नै भएको बताएकी छन् । सिन्धुली जिल्लाको दुधौली नगरपालीकाको आम सभालाई संम्बोधन गर्दै सांसद संग्रौलाले लोकतन्त्रको रक्षा गर्ने पार्टी नेपाली कांग्रेस नै हो जनताले अब कमनिष्टको बिकल्प खोजेको बताएकी हुन् ।

जनताले बल्लबल्ब पाएको बोल्न पाउने अधिकार हनन गर्न दुई तिहाईको केपी ओली सरकार लागेको र जताततै सर्वसत्ताबाद लाध्न खोजेको, जनतालाई बिभिन्न बाहानामा दुःख दिन सरकार उद्धत रहेकोले देशको समृद्धि हुन सकेन, भएका काम गर्न सक्ने युवाहरु बिदेसीय, महिला बला.त्कृत भए, आदिबासी जनजाती श्रमिकको साथि मात्र नेकपा सरकारले भन्यो यसले गर्दा अब नेपालीले नेपाली कांग्रेसलाई पुरानो अबस्थामा फर्काउनु आजको आवश्यकता रहेको बताएकी छन् ।

नागरिक स्वतन्त्रताको ठाडो उल्लंघन गर्दै सरकारले आफुलाई मन नपर्ने वा आफ्ना बिरोधीहरुको मात्रै नभएर सामन्य जनताको गोपनियता सम्बन्धि संवैधानिक व्यवस्थाको बर्खिलाप हुने गरि राष्ट्रिय अनुसन्धान बिभागको माध्यमबाट नागरिकको फोन ट्यापीङ समेत गर्न सक्ने अधिकार दिईनु पञ्चायती पथकै निरन्तरता मात्रै भएको पनी उनको भनाइ छ ।

त्यस्तै नीति तथा प्रतिष्ठान बिभाग गठनको विधेयक होस् वा मानव अधिकार विधेयक मात्रै होइन जनदबाबको बलमा संसदबाट खारेज भै सकेको गुठी विधेयक नै फ़ेरि संसदमा पेश गर्न लागेको कुरा नै होस यि सबै तथ्यलाई हेर्ने हो भने ओली सरकारको चरित्र आफैं प्रष्ट हुने उनको भनाई छ ।

त्यस्तै कुनै पनि देशको नागरिकको मौलिक अधिकारको रुपमा रहेको शिक्षा क्षेत्रका मेरुदण्ड मानिने बिश्वबिद्धालयका पदाधिकारी नियुक्त गर्दा समेत आफ्ना पार्टीका कार्यकर्ताहरुको भर्ती केन्द्र बनाउन थालेको भन्दै आक्रोश समेत व्यक्त गरिन ।

‘आफू भ्रष्टाचार पनि नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने’ भन्ने प्रधानमन्त्रीको भनाइ र गराईबीचको अन्तरलाई त हेर्न त नेपाल ट्रस्ट माथि प्रधानमन्त्री निकट मानिने यति समुहको ब्रम्हलुटलाई मात्रै नियाल्ने हो भने पनि प्रष्ट हुने उनको भनाई छ ।

प्रकाशित मिति : ५ पुष २०७६, शनिबार १३:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।