कुनै पनि देशमा चाहे राजनीतिक आन्दोलनको सन्दर्भमा किन नहोस्, चाहे शौक्षिक आन्दोलनको सन्दर्भमा किन नहोस्, चाहे समाजिक परिवर्तनको आन्दोलनमा किन नहोस् ,चाहे राष्ट्रताको सन्दर्भमा किन नहोस् विधार्थीहरु एउटा परिचय र एउटा पहिचानको रुपमा कुनै पनि देश्मा परिवर्तनका निम्ति सुनौलो अक्षर लेखन सफल भएका छ्न् ।
कुनै पनि देशमा परिवर्तनको सम्बाहक विद्यार्थीहरु नै हुन् नेता जितेन्द्र पटेलले बताए नेकपा निकट विद्यार्थी संगठनका नेता समेत रहेका जितेन्द्र पटेल । नेपालकै कुरो गर्ने हो भन्ने १०४ बर्षको राणा शासनको अन्त देखि पन्चायत कालको अन्त र परिवर्तनको लागि विभिन्न आन्दोलनका मेरुदण्ड सरह भूमिका निर्वाह गरेका विद्यार्थीहरु माथि जताततै दुब्यवहार गरिरहेको कुरा हामीबीच सर्वबिदितै छ भन्ने कुरामा जोड दिदै । आज धेरै विद्यार्थी नेताहरु जन्मेका छन् तर कसैलाइ देशको मेरुदण्ड सरह रहेका विद्यार्थीहरुको चिन्ता नरहेको बताए ।
उनले भने अहिलेको अवस्थामा देशलाई असल, इमानदार नेतृत्वको खाचो रहेको छ, आफ्नो ब्यक्तिगत स्वार्थलाई त्यागी देश र समाजको उन्नति, प्रगतिको लागि पर्नुको आवश्यकता सिर्जना भएको छ । अहिले स्ववियु निर्वाचनको मिति सर्वाजनिक भएको छ तर निर्वाचन हुन्छ कि हुदैन भन्ने कुरामा सबै अलमल नै छ्न् ।
पछिलो समयमा पनि कति मिति सर्वाजनिक भएकै हो तर ब्यक्तिगत स्वर्थमा लिप्त रहेका केही तत्वहरुको कारण निर्वाचन पटक पटक टारिदै गयो, क्याम्पस र विद्यार्थीहरुको विकास तथा सकारात्मक परिवर्तनका लागि स्ववियु निर्वाचनको महत्त्वपूर्ण भूमिका हुने छ, अहिलेको आवस्थामा कतिपय क्याम्पसमा विद्यार्थीहरुलाई पढ्ने वातावरण समेत बिग्रेको छ ।
उनिहरुलाई चाहिने अति आवश्यक सामाग्रीको समेत अभाव रहेको छ । कुनै पनि संस्थाले गरिरहेको नकारात्मक प्रवृत्तिलाई रोकथाम तथा बिरोध नगर्ने हो भन्ने त्यो दिन प्रती दिन निरंकुश बन्दै जान्छ र त्यसलाई रोकथाम गर्ने पात्र नै विद्यार्थी नेता हुन् । तर स्ववियु निर्वाचन नहुनुको कराण को नेता कस्तो नेता भ्न्ने प्रस्नहरु पनि उठ्ने गरेको हामीले पाएका छौ । अत विद्यार्थीहरुको सफलता र उनिहरुको सीप उन्मुलनको निम्ति स्ववियु निर्वाचनको अति आवश्यक रहेको छ ।





















प्रतिक्रिया