Logo

गण्डकी प्रदेश

खोलामा डुबेर ५२ वर्षीय आचार्यको मृत्यु



कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका-७ कपिलधामस्थित कोईली खोलामा डुबेर सोही नगरपालिका-९ चौघा बस्ने ५२ वर्षीय दामोदर आचार्यको बुधबार साँझ मृत्यु भएको छ ।

खोलाको क्रस गर्ने क्रममा साईकलसँगै खोलामा खस्न गई बेपत्ता भएका उनलाई ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि सामुदायिक अस्पताल पिपरा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार  १ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।