बिरगंज महानगरपालिकाका मेयर विजय सरावगी र उनकि पत्नी बनिता कनोडियाको नाममा रहेको बिरगंज महानगरपालिका १४ स्थित गण्डक वहुऔरीको जग्गा आफ्नो रहेको भन्दै सर्वसाधारणलाई बिक्रि गरेको खुलासा भएको छ ।
बिरगंजकै स्थानीय ज्योतिलाल कलवार र उनका छोरा विजय कलावारको मिलेमतोमा उक्त ठगि कार्य भएको हो । जग्गा आफ्नो रहेको भन्दै सर्वसाधारणबाट उनले साढें चार करोड भन्दा धेरै रकम ठगी गरेको समेत सार्वजनिक भएको छ ।
रकम लिएर पनि कलवार परिवारले आफूहरूको नाममा जग्गा पास नगर्दिएको भन्दै सर्वसाधारण महानगरपालिकाको कार्यलय पुगे सँगै उक्त ठगी धन्धाको खुलासा भएको हो ।
उक्त खुलासा सँगै आफ्नै नाममा रहेको जग्गा बेचिएपछि त्यसको बिषयमा कुरा गर्न कलवार परिवारलाई महानगरपालिकाको कार्यलमा बोलाएर छलफल गर्न खोज्दा मेयरले नै गुण्डा लगाएर कुटपिट गर्न खोजेको आरोप लगाएका थिए ।
अनैतिक गतिविधिमा संलग्न रहेको र विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा ज्योति कलवार यसअघि पनि जेल परिसकेका व्यक्ति हुन् । आफ्नै जग्गा सर्वसाधारणलाई बिक्री गरेको सुनेपछि आफू अचम्मित बनेको मेयर सरावगीले अनलाईनपानालाई बताए।






















प्रतिक्रिया