बिरगंज महानगरपालिकाका मेयर विजय सरावगीले ज्यान मार्ने धम्की दिएको भन्दै बिरगंज महानगरपालिका वडा नम्बर १० निवासी ज्योतिलाल कलवारले जिल्ला प्रशासन कार्यलयमा झूठा उजुरीपत्र दर्ता गराएका छन् ।
मेयर सरावगीले समिर आलम मार्फत कलवारलाई आफ्नो घरमा बोलाएर कुटपिट गररे ज्यान मार्ने धम्कि दिएको लिखित उजुरी दिएको कारण आफूले बच्नका लागि गरेको समिर आलमले अनलाइपानालाई बताएका छन् । आफ्नो जिउ ज्यान असुरक्षित भएको भन्दै ज्यान जोगाइदिन उनले जिल्ला प्रशासन कार्यलयमा दर्ता गराएको उजुरीमा उल्लेख छ।
ज्यान मार्ने सम्मको गम्भीर आरोप लागेका आलमले भने मेयर सरावगी र आफूलाई बदनाम गर्न नियोजित आरोप लगाएको प्रतिक्रिया दिए । कलवारको ठगी धन्धा आलमले सार्वजनिक गरेसँगै आफूले ठग्न नपाएको प्रतिशोध साध्न उजुरी दर्ता गरेको उनको भनाइ छ ।
कलवार तीनै व्यक्ति हुन् जसले स्थानीय बनिता कनोडियाको नाममा रहेको बिरगंज १४ स्थित गण्डक वहुऔरीको जग्गा आफ्नो रहेको भन्दै सर्वसाधारणलाई ठगेको खुलासा भएको थियो । रकम लिएर पनि जग्गा पास नगर्दिएको भन्दै सर्वसाधारण महानगरपालिका पुगेसँगै कलवारको ठगी धन्धाको पर्दाफास भएको थियो ।
ठगी र अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा कलवार जेल समेत परिसकेका व्यक्ति हुन् । उक्त बिषयमा अनलाइनपानाले प्रतिक्रिया लिन फोन गर्दा कलवारले उक्त जग्गा आफूले बेचेको स्वीकार गरेका थिए ।
यता जग्गा किन्ने मध्येका अनवर अली मन्सुरीले आफूले दिएको पैसाको जग्गा दिन ताकेता गर्दा उनलाई ज्यान मार्ने धम्की दिएको खुल्न आएको छ । धम्की आएपछि कलवारले जिल्ला प्रशासन कार्यलयमा आवश्यक कारवाही र जिउ ज्यानको रक्षा गरिपाउँ भनी निवेदन समेत दर्ता गराइसकेका छन् ।
मेयर र आलममाथि कलवारको झूठा आरोप





















प्रतिक्रिया