सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुदन किराँतीले स्वीस कम्पनीका स्थानीय एजेण्टसँग सेक्युरिटी प्रीन्टिङ्ग प्रेस खरिद प्रकरणमा कमिसनका लागि बार्गेनिङ गरिरहेको अडियो टेप सार्वजनिक भएसँगै सांसद किराँतीले उक्त कुरा बताएका हुन् । अनलाइनपाना संवादमा अन्तरवार्ताको क्रममा सांसद किराँतीले उक्त धारणा राखेका हुन् । सांसद किराँती सँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौं :
सञ्चारमन्त्रीको घुसको डिल गरेको कुरा सार्वजनिक हुनुलाई के भन्नुहुन्छ ?
अब सञ्चारमन्त्री जस्तो जिम्मेवार व्यक्तिले घुसको डिल गरेको अडियो सार्वजनिक भएको छ । अडियोमा वहाँको आवाज स्पष्ट सुनिएको छ । हुन त यसमा पनि आवश्यक छानबिन गर्नुपर्ने होला तर पनि यो प्रकरण सार्वजनिक भै सकेपछि पार्टीको शिर देश र जनताको अगाडि एकपटक झुकाएको छ ।
सरकारको भ्रष्टाचार म पनि गर्दिन र भ्रष्टाचार अरूलाई पनि गर्न दिन्न भन्ने जुन नारा हो यस्तो सन्दर्भमा पार्टी र सरकारको दाँतमा ढुंगा लागेको अवस्था हो, यो प्रकरणले । तर केहिको आशंका चाहिँ बाँस्कोटा प्रधानमन्त्री निकट भएको कारणले यो भ्रष्टाचारको यो प्रकरणमा माथीसम्म यसको जरो पनि फैलिएको छ कि भन्ने आशंका छ नि ?
नेपालमा भ्रष्टाचारको कुरा गर्दा नेपालको भ्रष्टाचारको जरो निकै माथिसम्म फैलिएको छ । भ्रष्टाचार नेपालको भ्रष्टाचार अन्तर्राष्ट्रिय क्षेत्रसम्म फैलिएको छ बहुराष्ट्रिय कम्पनीहरू नेपाल स्थित केही विदेशी राजदुतावासहरू पनि र नेपालका कर्मचारीको उपल्लो तह, केहि विभागीय मन्त्रीहरू समेत भ्रष्टाचारको जालोमा रूमल्लिएक देखिन्छन् । यसैमा सञ्चारमन्त्रीको सन्दर्भमा पनि उहाँले प्रधानमन्त्रीले नभनिकनै देश र जनताको नाममा माफी माग्दै नैतिकताको आधारमा राजिनामा दिनुपर्छ भन्ने मेरो स्पष्ट अडान हो ।
सञ्चारमाध्यममा सार्वजनिक समाचार अनुसार त यो भिडियोको बारेमा प्रधानमन्त्रीलाई एक महिना अगाडि जानकारी थियो भन्ने सार्वजनिक भएको छ, यसबारेमा आफ्नो नेतृत्वलाई प्रश्न सोध्नुहुन्छ ?
यस बिषयमा अहिले त मलाई पनि थाहा छैन । तर यदि समाचार सत्य हो भने यहाँ केन्द्रीय सदस्य मात्रै होइन मन्त्रीहरूलाई पनि कतिपय बिषय थाहा नहुनु नौलो होइन । पशुपतिनाथलाई मात्र थाहा हुन्छ तर ठूला नेताहरूलाई पनि थाहा नहुनु नौलो होइन । यहाँ सबैका आ-आफ्नै पावर सेन्टरहरू छन् ।
सञ्चारमन्त्री प्रधानमन्त्री निकट हुनुले पनि पूर्व माओवादी समूह बर्खास्तीको लविङमा र पूर्व एमाले समूह संरक्षणमा लागेको हो ?
त्यस्तो बिल्कुल होइन, पार्टीको साख बचाउन र जनतामा हामीले गरेका प्रतिबद्धताको स्मरण गर्ने हो भने उहाँले आफैंले जानेर राजिनामा दिने विषय हो । अन्यथा प्रधानमन्त्रीले उहाँलाई बर्खास्त गर्नुपर्छ ।





















प्रतिक्रिया