Logo

विचार / ब्लग

गृहमन्त्रीकाे माैनता, सडकमा पिडित जनताप्रतिकाे धाेका : ई. भुवन भट्ट



राष्ट्र संकटबाट गुज्रिरहेकाे बेला बिश्वभरि नै गुहमन्त्रालयकाे मुख्य जिम्मेवारी रहन्छ । जनताले पनि समस्या सामाधानका लागि गृह मन्त्रालयलाई नै सम्झिन्छन् ।

यति बेला गरिब, निमुखा जनता सडकमा भाैतारिरहेका छन् । श्रमिहरुलाई दैनिकि चलाउने, साझ बिहान हातमुख जाेड्ने समस्याले आक्रान्त बनाएकाे छ । यस्ताे राष्ट्रिय बिपकाे बेला अभिभावककाे जिम्मेवारी निभाएर सडकमा भाैतारिएका जनताकाे उद्धार गर्न जिम्मेवार बन्नुपर्ने गृहमन्त्रि राम बाहादुर थापा बादल कानमा तेल हालेर बसेका छन् ।

जनता पिडामा छन्, गृहमन्त्री बादल पुलचाेककाे मन्त्रिनिवासमा घाम तापेर बसेका छन् । उनका आँखाले जनताका पीडा देख्दैन नत उनका कानले समस्या सुन्छ। सडकमा अलपत्र परेका जनताहरुलाई पूर्ण सावधानि अपनाएर गन्तव्यमा पुर्याउने र हातमुख जाेड्न समस्याका कराण पिडामा रहेका श्रमिक, बिपन्न बर्गलाई विशेष राहात दिन कुनै पहल र ब्यबस्था गर्दैनन्। जनमतकाे सिडि चडि सत्तामा पुगेका गृहमन्त्रीकाे गैरजिमेवारि र जनता प्रतिकाे याे भन्दा ठुलाे धाेका केही हुन सक्दैन ।

आज गृहमन्त्री निर्लज्ज बनेका छन् । उनले महामारि नियन्त्रणका लागि कुनै ठाेस याेजना ल्याउन सकेका छैनन् । राहात बितरणलाई प्रभावकारि बनाउन र अलपत्र परेका जनताहरुकाे साबधानि अपनाएर सुरक्षित उद्धार गर्न समेत सुरक्षा निकायहरुकाे प्रभावकारि परिचालन गर्न सकेका छैनन् ।

आज हरेक नेपालीले गृहमन्त्रीलाई प्रश्न गरिराखेका छन्, जनताकाे पिडाले तपाइलाई दुख्दैन ? जनताकाे नेता बन्ने कि कम्युनिष्ट नेता ? जनता सडकमा भाैतारिरहेका छन् तपाईं कानमा तेल हालेर बस्न मिल्छ गृहमन्त्री ज्यु ? याे देशमा सरकार छ कि छैन ? जनतामा उठेका याबत प्रश्नको जवाफ दिइरहन उनी जरुरी ठान्दैनन् । राष्ट्रिय संकटमा समेत उनी माथिल्लाे तप्काकाे सेवा बाहेक न कसैसँग सल्लाह माग्छन्, न त आफ्नै विवेकले कुनै व्यवहारिक निर्णय लिने आँट नै गर्छन् ।

लकडाउनका बेला काठमाडौंबाट अलपत्र परेका श्रमिक, बृद्ध र अन्य मानिसहरु बालबच्चा बोकेर पैदल हिँडेका दर्दनाक तस्वीर सामाजिक सञ्जालहरुमा भाइरल छन् । गृहमन्त्रीमा कुनै सम्वेदना पलाएको छैन, नत समस्या सामाधानका लागि कुनै ठाेस निर्णय लिने मेसाे पाएका छन्।

गृहमन्त्री बादलकाे कुनै ठाेस भिजन र याेजना देखिदैन, मात्र उनकाे गैरजिम्मेवारि र असक्षमता झल्किन्छ। जनताले सास्ती भाेगिरहदा देशमा सरकार, जिम्मेवार गृहमन्त्रालय नभएकाे आभास आम जनताले गरिराखेका छन्। अहिले पनि विपन्न वर्गका मानिसहरु बालबच्चा बोकेर भोकै र तिर्खै राजधानीबाट गाउँतिर पैदल हिँडिरहेका छन् । लाचार गृहमन्त्रालय न लकडाउनको पालना गराउन सक्छ, न त उपयुक्त विकल्प दिन सक्छ ।

उचित ब्यबस्थापन र उद्धारका लागि आदेश दिनुपर्ने बेला जनताप्रति पटक्कै सम्वेदना नभएका गृहमन्त्री बादलले अहिले भोका पैदलयात्रीलाई चोक–चोकमा रोक्न आदेश दिएका छन्। यस अघि पनि उपप्रधानमन्त्री इश्वर पाेखरेल नेतृत्वकाे उच्चस्तरीय समितिले अलपत्र परेका र काठमाडाै बाहिर जान चाहाने नागरिकलाई दुई दिन (चेत २८ र २९) काठमाडाै बाहिर जान दिने र गृहमन्त्रालयले उचित ब्यबस्थापन गर्ने निर्णय कार्यान्वयन गर्ने जिम्मा गृहमन्त्रालयमा आएपछि यसलाई उल्टाएका गृहमन्त्रि बादलले अहिले भोकाएर गाउँ जान चाहिरहेका नागरिकलाई बाटा–बाटाेमा रोक्न प्रहरी परिचालन गरेका छन् ।

याे भन्दा नालायपन के हुन सक्छ ? बादलका कदम साबधानि पूर्बक समस्या सामाधान गर्ने, उचित ब्यस्थापन गर्ने र सम्बन्धित निकायलाई प्रभावकारि रुपमा परिचालन गर्ने भन्दा समस्या बढाउ तर्फ केन्द्रीत देखिन्छन् । उनका कदम र निर्णयबाट उनकाे असक्षमता, गैरजिम्मवारि र जनताप्रतिकाे धाेका प्रस्ट हुन्छ ।

अहिलेकाे अबस्थामा सरकारले सडकमा लामबद्ध नागरिकहरुलाई या त काठमाडौंमै बस्न सहमत गराउनुपर्‍यो, या कुनै विधि–प्रक्रिया पुर्‍याएर सुरक्षित घरसम्म जान दिनुपर्‍यो । तर लाजपचेका गृहमन्त्रीले यी दुबै कामका लागि ठाेस निकास निकाल्न सेकेका छैनन् । जनताकाे समस्या सामाधानका लागि ठाेस निकास निकाल्न नसक्ने हाे भने, नालायक गृहमन्त्रीले पदमा बसिरहनुकाे कुनै अतैचित्य छैन्, तत्काल राजिना दिनुपर्छ ।

सरकारले र्‍यापिड टेस्टको दायरा बढाउनैपर्ने छ । योबेला राजधानीबाट बाहिरिन चाहनेहरुमा टेस्टको दायरा बढाउँदा महामारी नियन्त्रणमा फाइदै पुग्छ । बसमा चढाउनुपूर्व सबैजनाको र्‍यापिड टेस्ट गर्ने र पोजेटिभ देखिएकालाई जान नदिने । ज्वरो आएकाहरुलाई जान नदिने । मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्न लगाउने । भीडभाड नगर्ने । यसरी टेस्ट गरिसकेका सबै नागरिककाे ठेगाना रेकर्ड संकलन गरि सम्बन्धित स्थनीय प्रशासन, जनप्रतिनिधि वा परिवारकाे जिम्मा लगाएर क्वारेन्टाइनमा बस्न सुसूचित गराउदै उचित प्रबन्ध मिलाउदा अहिलेकाे समस्या सामाधान हुन सक्छ । यता तर्फ गृहमन्त्रीकाे ध्यान नै छैन, उनी कानमा तेल हालेर बसेका छन् र झन समस्या थप्ने निर्णय गर्न अग्रसर देखिन्छन्।

कोरोना नफैलियोस् भनेर सामाजिक दुरी कायम गर्नका लागि मात्र लकडाउन घोषणा गर्नुपरेको हो । अहिलेसम्म नेपालमा समुदायस्तरमा कोरोना संक्रमण भइसकेको छैन । योबेला मानिसहरुलाई सहज हुने गरी आफ्नो घरसम्म पुग्न दिने र सामाजिक दुरीमा रहेर दैनिक गतिविधि गर्न दिने हो भने यसले समस्या हैन, समाधान दिनेछ । यथाशिघ्र गृहमन्त्रीले आँखा खाेल्नुपर्छ र बिपन्न बर्गका समस्या सामाधान गर्न ठाेस पहल र ब्यबस्था मिलाइनुपर्दछ । अन्यथा मन्त्री निवासमा घाम तापिरहेका गृहमन्त्री बादलकाे जनता माथिकाे गम्भीर धाेका हुनेछ र भबिस्यले मुल्यांकन गर्नेछ ।

(ई.भुवन भट्ट: लेखब नेबिसंघका नेता समेत हुन।)

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार १४:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।