Logo

सूचना/प्रविधि

अनलाइनबाटै कोरोना बीमा गर्न एनआईसीले ल्यायो छुट्टै वेबसाइट



एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले अनलाइन मर्फत कोरोना बीमाको लागि आवेदन दिन सक्ने ब्यबस्था गरेको छ । बीमा खरिदका लागि अनलाईनमार्फत छुट्टै पोर्टल नभएको अवस्थामा बैंकले वेबसाइट सार्वजनिक गरेको हो ।

वेबसाइट मार्फत कोरोना बीमाको लागि आवेदन दिन सकिने र बैंकको मोबाइल बैकिङ्ग वा ईन्टरनेट बैंकिङ्गबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

कोरोना भाइरस बीमालेखमा दुई श्रेणीको बीमांक कायम गरिएको छ । जसअन्तर्गत पहिलो श्रेणीको बीमालेख रू. १ लाख र दोस्रो श्रेणीको बीमालेख रू. ५० हजार रहेको छ । यसलाई खरिद गर्न प्रतिव्यक्ति क्रमशः रू. १००० र रू. ५०० लाग्नेछ । पारिवारिक वा संस्थागत रुपमा बीमा गर्नु परेमा प्रतिव्यक्ति क्रमशः रू. ६०० र रू. ३०० मा यस्ता बीमांकहरू गरिद गर्न सकिने व्यवस्था छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार २१:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।