Logo

प्रदेश

नेकपा विभाजनको सकस : सुदूरपश्चिम प्रदेशका ओली पक्षधर मन्त्री बर्खास्त



नेकपा विभाजनको असर यतिवेला केन्द्रदेखि वडा तहसम्मै देखिएको छ ।

विभाजित दुवै समूहले यतिखेर एकले अर्कोलाई सिध्याउने, निकाल्ने, कव्जा गर्ने सम्मका काम गरिरहेकाछन् ।

वाग्मती प्रदेश , १ नम्वर प्रदेशमा केपी ओली पक्षधर मुख्यमन्त्रीले दाहाल-नेपाल पक्षधर मन्त्रीलाई बर्खास्त गरेका थिए, भने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहोरालाई बर्खास्त गरेका छन् । दाहाल -नेपाल पक्षका मुख्यमन्त्रीले केपी ओली पक्षका मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

प्रचण्ड–माधव नेपाल पक्षको बर्चश्व रहेको प्रदेश सरकारमा बोहोरा ओली पक्षबाट एकजना मात्र मन्त्री थिए । उनी डडेलधुराबाट निर्वाचित भएका हुन् ।

प्रदेशसभामा प्रचण्ड माधव नेपाल पक्षले आफ्नो बहुमत रहेको दावी गरेको छ ।

 

 

 

प्रकाशित मिति : १४ पुष २०७७, मंगलवार ११:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।